वर्षाका कारण बिराटनगर बिमानस्थलबाट हुने उडान अवतरणमा समस्या छैन

वर्षाका कारण बिराटनगर बिमानस्थलबाट हुने उडान अवतरणमा समस्या छैन

विराटनगर, २८ असार ।
बर्षाका कारण बिराटनगर बिमानस्थलमा समस्या देखिएको छैन । बर्षाको कारण बिराटनगर महानगरपालिकाको वडानम्बर ६, ८, १२ र १६मा डुवान भएपनि बर्षाको प्रभाव बिराटनगर बिमानस्थलमा नदेखिएको नेगरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

शुक्रवार दिउँसो त्रिभुवन बिमानस्थलमा एति एयरलाईन्सको जहाज चिप्लीएर अबरुद्ध भएर बिराटनगर आएका जहाजहरुपनि काठमाडौँ फर्किएका छन् । बिराटनगरबाट हुने उडान र अवतरण नियमित हुने बिराटनगर बिमानस्थल नागरिक उड्ययन प्राधिकरण बिराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए । विमानस्थल भन्दा उत्तरको क्षेत्रमा डुवान भएर ओभर फ्लो भएर आएको अबस्थामा मात्र समस्या हुनसक्ने भएपनि तत्काल माथिल्लो क्षेत्रमा समस्या नदेखिएकोले तत्काललाई कुनै समस्या नभएको प्राधिकरणले जनाएको छ ।
ट्याक्सी (वे) ब्राबोमा हल्का पानी जसाएको जस्तो भएपनि त्यसले उडान र अवतरणमा कुनै समस्या हुने छैन , प्राधिकरणले भनेको छ । बिराटनगर आएर रोकिएका ५ वटा जहाज बिहानै उडान भरेर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्