मोरङमा दुईदिनमा ३ जना बेपत्ता, एकजनाको मृत्यु, आजैमात्र दुईजनालाई खोलाले बगायो

<span class='c1'>मोरङमा दुईदिनमा ३ जना बेपत्ता, एकजनाको</span> <span class='c2'>मृत्यु, आजैमात्र दुईजनालाई खोलाले बगायो</span>

विराटनगर, २८ असार ।
निरन्तरको बर्षाका कारण बिगत २ दिनमा मोरङमा मात्र ३खजना वेपत्ता भएका छन् । खोलाले बगाएर हराईरहेका उनीहरुको खोजी कार्य जारी रहेको छ । आजै मात्र मोरङका दुई स्थानबाट दुईजनालाई खोलाले बगाएर बेपत्ता पारेको छ । निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाई कटहरी गाउँपालिका ४ वस्ने बर्ष ५०का सोभा सोरेन र जहदा गाउँपालिका ५ वस्ने बर्ष १६ को आदर्श पोदारलाई लोहन्द्रा खोलाले बगाएर बेपत्ता पारेको हो ।
उनीहरु मध्ये सोरेन पानीको अबस्था बुझ्नका लागि खोला किनारमा गएको बेला उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।
बिगत दुई दिनको बिचमा बाढीबाट मोरङको केरावारी रंगेली सडक खण्डमा आएको गेउरिया खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । त्यस्तै उर्लाबारीबाट खोलाले बगाएको अबस्थामा एक महिलाको उद्दार भएको थियो । त्यस्तै बेलवारीमा परसुराम राईको नालीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी अविरल वर्षाबाट विराटनगर महानगरपालिका ८ को सुकुम्बासी बस्ती, १२ को बखरी, मुसहर र ऋषिदेव वस्ती, १५ को पारिजात र मुसहर टोल, ६ को ब्रम्हपुरा र रामपुर, १२ को सिमरिया र बखरी, कटहरी गाउंपालिका वडा नं २ को कदमगाछी, ४ को नयांवजार र सुकुम्वासी बस्ती, रतुवामाई नगरपालिका वडा नम्बर १० को मंगलवारे र पथरी शनिश्चरे नगरपालिका ४ मा रहेका केही बस्तीहरु बढी प्रभावित भएका छन् ।
साथै डुवान प्रभावित क्षेत्रका ब्यक्तिहरुलाई स्थानिय तह, सुरक्षाकर्मी तथा अन्य विभिन्न संध संस्थाको सहयोग र सहकार्यमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताउनुभयो । मोरङ प्रशासन अनुसार जहदा गाउँपलिका वडा नम्बर २ बाट बिस्थापित भए ३२ परिवारका १७५ जना घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्