बिद्युत प्राधिकरण बिराटनगर कार्यालयमा पानी पस्यो, भोली आकस्मिक बाहेकका सबै काम रोकिने

<span class='c1'>बिद्युत प्राधिकरण बिराटनगर  कार्यालयमा पानी पस्यो,</span> <span class='c2'>भोली आकस्मिक बाहेकका सबै काम रोकिने</span>

विराटनगर, २८ असार । नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रको भृकुटीचोकस्थित कार्यालयमा पानी पसेको छ । विगत केही दिनदेखिको अबिरल बर्षाका कारण कार्यलयको हाता भित्र तथा प्रशासनिक भवनको कार्यकक्षमा दुई फिटसम्म पानी जमेको हो । ६ लेन सडक निर्माण भएसँगै प्राधिकरणको कार्यालय हातामा पानी पसेको हो । यस अघि प्राधिकरणको कार्यालयमा पानी पस्ने गरेको थिएन ।
कार्यालय भित्रै पानी पसेपछि नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रले असहज परिस्थितीका कारण आईतबार ईमरजेन्सी बाहेकका सबै काम बन्द गर्ने निर्णय गरेको छ ।

कार्यालयमा पानी पसेपछि त्यहाँका कामहरु गर्न अहसज हुने भएकोले काम नै बन्द गर्नुपर्ने अबस्था आएको नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले बताए ।
आकस्मिक कार्य बाहेकका सबै कामसँगै बिद्युत महसुलको काउण्टर समेत पुर्ण रुपमा बन्द हुने उनको भनाई छ । साथै बर्षाका कारण विराटनगर बितरण केन्द्र हेर्ने सम्पुर्ण क्षेत्र भित्र बिद्युत सुचारु गर्न नसकेको प्रति समेत प्राधिकरयणले क्षमा मागेको छ । बर्षा कम भएसँगै सोमबारदेखि काम नियमित संचालनमा आउने वितरण केन्द्रका प्रमुख सिंहले बताए ।

त्यस्तै सुनसरीको दुहबीमा रहेको बिद्युत प्राधिकरणको ग्रिडमा पानी पसेको छ । अहिलेसम्म कुनै समस्या नआएको भएपनि बर्षा जारी रहेको अबस्गामा कुनैपनि बेला बिद्युत अबरुद्ध हुनसक्ने जनाईएको छ । त्यसको असर बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रमा पर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्