अबिरल बर्षाका विराटनगरका विद्यालय ३ दिनका लागी बन्द

अबिरल बर्षाका विराटनगरका विद्यालय ३ दिनका लागी बन्द

विराटनगर २९ असार । विगत केही दिनयता परेको अबिरल बर्षाका कारण विराटनगर महानगरपालीका भित्रका सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।


विराटनगर महानगरपालीका नगर कार्यपालीका कार्यालय शैक्षिक प्रशासन महाशाखाले आईतबार एक सुचना जारी गर्दै प्रतिकुल मौसमलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरेको हो ।
अविरल वर्षाको कारण प्रतिकुल मौसम भई विराटनगर महानगरपालिकाका सबै विद्यालय असार २९ देखि असार ३१ गते सम्म ३ दिन सम्मका लागी बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख दुर्गा प्रसाद खतिवडाले जानकारी दिए । साथै वर्षे विदा समायोजन हुने गरि साउन १ देखि साउन १७ गते सम्म जम्मा २० दिन विद्यालय विदा हुने खतिवडाले बताए ।


यता मौसमको प्रतिकुलतालाई मध्यनजर गर्दै र आफ्नो अनुकुलततालाई हेर्दै निजी स्कुलहरु केहि दिनलाई बिदा गर्न सकिने प्याब्सन बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्