बाढी–पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने, घाईतेको निःशुल्क उपचार

बाढी–पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले २ लाख राहत दिने, घाईतेको निःशुल्क उपचार

विराटनगर, २९ असार ।
प्रदेश सरकार मन्त्री परिषदको आज साँझ बसेको बैठकले बाढी, पहिरो र डुवानबाट ज्यान गुमाएका परिवारलाई दुईलाख दिने निर्णय गरेको छ । प्रदेश भर अविरल बर्षाको कारण गएको पहिरो बाढी र डुबानबाट भएको ठुलो जनधनको क्षति प्रती प्रदेश सरकारले दुख ब्यक्त गर्दै सो निर्णय गरेको हो ।
त्यस्तै प्रदेश सरकारले घाइतेको सरकारी अस्पतालमा उपचारको सम्पुर्ण खर्च बेहोर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । घाइतेको निजि अस्पतालमा उपचार गरे बापत बढिमा ५० हजार बिल सरकारले भुक्तानी गर्ने प्रदेश सरकारले निर्णय गरेको हो । उद्वार राहत पुनःस्थापना र बेपत्ताको खोजिको निम्ति सबै पक्ष सङ्ग अपिल गर्ने निर्णय गरिएको प्रवक्ता कार्की बताए । झण्डै १० दिने अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री आजै बिराटनगर फर्किए लगत्तै प्रदेश १ सरकार मन्त्री परिषदको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्