विराटनगरमा डुवान प्रभावित क्षेत्रका ब्यक्तिको जनजीवन सामान्य तर्फ, वडाहरुको अबस्था यस्तो

विराटनगरमा डुवान प्रभावित क्षेत्रका ब्यक्तिको जनजीवन सामान्य तर्फ, वडाहरुको अबस्था यस्तो

विराटनगर, २९ असार ।
अबिरल बर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ । विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९ का वडाहरु बाढीबाट प्रभाबित भएका हुन् ।
बाँकी वडाहरुका केही क्षेत्र डुवानमा परेको भएपनि अबस्था सामान्य रहेको छ । आइतवार दिनभर भने पानी नपरेका कारण पानीको सतह समेत घटेको र कतिपय स्थानमा जनजीवन सामान्य समेत बन्दै गएको छ ।
प्रभावित परिवारहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । उनीहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको विरारटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिनुभयो ।
बाढी प्रभावितहरुको संख्या एकिन गर्ने काम समेत महानगर जनाएकोछ । बाढी प्रभावित क्षेत्रमा बिस्थापितलाई स्वास्थ्य समस्या आएमा सहज उपचारको लागि स्वास्थ्यकर्मी परिचिालन गरेर उपचारको ब्यवस्था मिलाईएको पराजुलीले बताउनुभयो ।
बाढीप्रभावित सवै वडाहरुमा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर प्रभावित स्थलको अनुगमन गर्ने समस्याको बारेमा बुझ्ने काम गरेको छ ।

यी ठाउँमा राखिएका छन् बाढी प्रभाबित
विराटनगर स्थित वडा नं.१ को विजयपुर टोल नयाँ बस्ती,पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा बाढी प्रभावितहरुलाई राखिएको छ भने खानाको समेत प्रबन्ध गरिएको छ । केही स्थानमा अझै पनि डुवान भइरहेको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिनुभयो ।
वडा नंं २ को हनुमान मन्दिर छेउ र धनाबत चोक, विजुली अफिस पूर्वका केही स्थानहरुमा डुवान भएको छ । जसका कारण स्थानीयहरु सामान्य प्रभाबित भएका वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिनुभयो ।
वडा नं. ३ मा आयलनिगम पूर्वरहेको २ सय घर ,कञ्चनवारी चोक पूर्व ,औषधी व्यवस्था विभागको क्षेत्र, गोग्राहा, रेग्मीटोल लगायतका स्थानमा डुवान भएको छ । त्यहाँ जमेको पानी निकासका लागि काम भईरहेको वडा अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
वडा नं ४ को इक्राइ ,पुलचोक,अमाइ,जामुनगाच्छी, विमटोल, वस्ता लगायतका क्षेत्र डुवानमा परेपनि उनीहरु बिस्थापित नभएको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले बताउनुभयो ।
वडा नं ५ का प्राय सवै स्थान डुवान परेको तर जामुनगाछि,विशाल चोक बाबाजीको कुटी लगायतका केही बासिन्दा बढी प्रभावित बनेको भएपनि राहत वितरण गर्नुपर्ने अबस्था नआएको वडाध्यक्ष मीनकुमार आचार्यले जानकारी दिनु भयो ।
वडा नं ६ पनि प्रभाबित भएकोछ । डुवान प्रभावित परिवारलाई विद्यालयमा राखिएको छ । बढी प्रभाबित भएका ठाउँहरुमा उद्दार र राहतको काम तत्कालै गरिएको वडा अध्यक्ष वडा सदस्य चम्पादेवी खत्रीले जानकारी दिनुभयो ।
वडा नं. ७ मा पानिको सतह घटेपछि बाढीप्रभावित घर फर्किएका छन् । तर घर फर्किएपनि उनीहरुलाई खानपिनको ब्यवस्था मिलाइएको वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिनु भयो ।
वडा नं ८ को सिँघियाको मोरङ कारागार पूर्व दक्षिण क्षेत्रका स्थानीहरु बाढीको चपेटामा परि घरवार विहिन बन्ने अवस्था आएको वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिनु भयो ।
वडा नं ९ मा भने सामान्य पानी जमेपनि कुनै ठुलो समस्या नआएका वडाध्यक्ष विस्वनाथ भगतले जानकारी दिनुभयो ।
वडा नं १० को नविन टोल , मिनि जतुवा मार्गका केही स्थान डुवानमा परेको तर अधिकांस सवै स्थानमा नाली सहित कालोपत्रे सडक बनिसकेकोले डुवानमा नपरेकोले अबस्था सामान्य रहेको वडाध्यक्ष माधवराज वाग्लेले जानकारी दिनु भयो ।
वडा नं. ११ को ब्रम्हपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन् ,उनीहरु घरमै बसिरहेकोे वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताउनुभयो ।
वडा नं. १२ को बखरी आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको छ । यहाँ केही स्थानहरुमा डुवान कायम रहेको वडाध्यक्ष हिरालाल कामतले जानकारी दिनुभयो ।
वडा नं १५ का केही स्थानमा छिटफुट समस्या रहेको वडाध्यक्षहरुले असलम आलमले जानकारी दिनुभयो । पानीको निकास नभएको ठाउँहरु डुवानमा रहेको भएपनि बाढीका कारण समस्या नदेखिएको उनले बताए ।
वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको छ । साथै वडाका विभिन्न स्थानहरु डुवानमा परेको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिनुभयो ।
वडा नं १७ का केही स्थानहरु डुवानमा परेपनि अवस्था सामान्य रहेको वडाध्यक्ष समीम कमरले जानकारी दिनु भयो ।
वडा नं १८ का धेरै केही स्थानहरु डुवानमा परेको तर जनजीवन सामान्य रहेको छ । वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई शुरक्षित स्थानमा बस्न आग्रह गरेपनि घर छाड्न नमानेको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्