विराटनगरको मारवाडी युवा मञ्चद्वारा बाढीपीडितलाई राहत वितरण

विराटनगरको मारवाडी युवा मञ्चद्वारा बाढीपीडितलाई राहत वितरण

विराटनगर, २९ असार । मारवाडी युवा मञ्च विराटनगरले बाढी पीडितहरूलाई राहत वितरण गराउनुको साथै भोजन गराएका छन् । मञ्चले विराटनगर– १२ बाखरी स्कूलका रहेका बाढीपीडितहरूलाई आइतबार राहत र भोजन गराएका हुन् ।

करिब ५ सय परिवारहरूलाई भोजन गराएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । राहत वितरण तथा भोजन कार्यक्रममा मन्चका अध्यक्ष अग्रवालल, भूपू अध्यक्ष राजेश लखोटिया, निवर्तमान अध्यक्ष शेरसिंह दुगड, जय शर्मा मोहित ललवानी, राजेश अग्रवाल, सुशील अग्रवाल, रवि अग्रवाल, मोहित जैन, गौरव लालवनीलगायतको उपस्थिति रहेको थियो ।

मारवाडी युवा मञ्च गोपालको नयाँ नेतृत्व आएसँगै सामाजिक क्रियाकालहरूले निरन्तरता पाएको छ । उनका अनुसार आगामी दिनमा पनि सामाजिक कामहरू  सक्रियता रूपमा लागि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्