प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आधा दर्जन साहित्यकार पुरस्कृत

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आधा दर्जन साहित्यकार पुरस्कृत

विराटनगर, २९ असार ।
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याउने आधा दर्जन साहित्यकारलाई पुरस्कृत गरेको छ ।
वि.सं. २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानले आईतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा भाषा, साहित्य, समालोचना र कविता विधामा योगदान पु¥याउने साहित्यकारलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्रतिभा पुरस्कार महाकाव्यकार प्रा.डा. शैलेन्द्रुप्रकाश नेपाल, लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार प्रा. पुरुषोत्तम दाहाल, ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ साहित्यकार पुण्यप्रसाद खरेल र ‘दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कवि कृष्ण प्रदानलाई प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, आयोजक संस्थाका अध्यक्ष दधिराज सुवेदीले संयुक्त रुपमा जनही नगद ५० हजार र सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै २१ हजार राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट विष्णु भण्डारी र २० हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ कवि निर्मला कोइराला र कथाकार मञ्जु श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

उनीहरुलाई पनि प्रदेश प्रमुख तुम्बाहाङ र प्रतिष्ठानका अध्यक्ष सुवेदीले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए । प्रतिष्ठानले भानुजयन्तीको अवसर पारेर स्रष्टालाई पुरस्कृत गर्ने गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले भाषा, साहित्य, कला र संस्कृतिको विकास नभएसम्म मुलुकको समग्र विकास हुन नसक्ने बताए । त्यस्तै प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, कवि गोकुल अधिकारीलगायतले सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्