भुईतला डुवानपछि बिद्युत प्राधिकरण विराटनगरले माथिल्लो तलाबाट सेवा दिने

भुईतला डुवानपछि बिद्युत प्राधिकरण विराटनगरले माथिल्लो तलाबाट सेवा दिने

विराटनगर, ३० असार ।
नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा पानी पसेर जलमग्न भएपछि रोकिएको काम आजदेखि सुचारु हुने भएको छ । प्राधिकरणको भुईतलामा पानी जमेर अहिले पनि जलमग्न छ । आईतवार ईमरजेन्सी बाहेकका सबै काम बन्द भएको जनाएको प्राधिकरणले आज देखि महसुल काउढण्टर संचालनमा ल्याउने जनाएको छ । तल्लो तलामा पानी जमेर सेवा प्रवाहमा समस्या भएपछि माथिल्लो तलाबाट सेवा सुचारु गर्न लागिएको बिराटनगर बितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिनुभयो ।
कार्यालयको माथिल्लो तलामा ३ वटा काउटर टंकी सिनवारी महसुल काउण्टर र रानी प्रशाखाको काउण्टर संचालन गर्न लागिएको सिंहले बताउनु भयो । महसुल काउण्टर आज बिहान १० बजेदेखि सुचारु हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्