मोरङको गेउरिया खोलामा बेवारीसे लाश भेटियो, पहिचान खुल्न सकेन

मोरङको गेउरिया खोलामा बेवारीसे लाश भेटियो, पहिचान खुल्न सकेन

बिराटनगर ३० असार । मोरङको रङगेली नगरपालिका(९ मा रहेको गेउरीया खोला किनारामा बेवारीसे लाश भेटिएको छ । आईतवार दिउँसो साढे १ बजे तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष २८ को पुरुष ब्यक्तिको लाश गेउरीया खोला भेटिएको मोरङ प्रहरीले जनाएको छ ।


शवको ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी शव परिक्षणको लागि रङगेली अस्पतालमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृतकको हाल सम्म पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्