मोरङको मझारेमा पौडी खेल्न गएका एक किशोर ३ दिनदेखी बेपत्ता

मोरङको मझारेमा पौडी खेल्न गएका एक किशोर ३ दिनदेखी बेपत्ता

विराटनगर ३० असार । मोरङको जहदा गाँउपालीका ५ का एक किशोर पौडी खेल्ने क्रममा ३ दिनदेखी वेपत्ता भएका छन् ।
जहदागाँउपालीका मझारेका लक्ष्मीनियाका रञ्जित पोद्धारका १६ बर्षिय छोरा आर्दश पोद्धार वेपत्ता भएको प्रहरीले जनाएको छ ।


गत शनिबार बेलुकी घर छेउमा रहेको लोहोन्द्र खोलामा पौडी खेल्न गएको बेला पौडी खेल्ने क्रममा पोद्धार वेपत्ता भएको जहादा गाँउपालीका ५ का वडा अध्यक्ष जगदिश सिहले जानकारी दिए । सिहका अनुसार ‘छिमेकी केटो भएका कारण हामी ३ दिनदेखी प्रहरी, स्थानियवासीको सहयोगमा खोजिरहेका छौ ।’ ‘खोलामा पानी बाढी आएको थियो अन्य साथीहरुसँग पौडी खेल्न जादाँ हराएको हो, वडा अध्यक्ष सिहले भने ।’ यता मझारे चौकीका प्रहरी ईन्चाज राजन श्रेष्ठले पनि बालकको खोजी कार्य भईरहेको बताए । हामी सबै प्रहरी बालकको खोजीमा छौ तर अझै भेटिएका छैनन् । पोद्धार मझारेमा रहेको लिटिन चाईल्ड स्कुल कक्षा ९ मा पढ्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्