विराटनगरको आर्दश स्कुल नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय, कदर पत्र सहित विशेष सम्मान

विराटनगरको आर्दश स्कुल नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय, कदर पत्र सहित विशेष सम्मान

विराटनगर ३० असार । विराटनगर ७ मा रहेको आदर्श स्कुल मुलुक कै राष्ट्रियस्तरको उत्कृष्ट माध्यमिक विद्यालय घोषणा भएको छ ।
स्वर्गिय कृष्णप्रसाद कोइरालाले १९८६ सालमा स्थापना गर्नुभएको स्कुल स्थानिय क्षेत्रमा मात्र नभएर नेपाल कै उत्कृष्ट माध्यमिक विद्यालय भएका कारण स्कुललाई विशेष सम्मान गरेको छ ।
राष्ट्रिय नाचघर काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच विद्यालयलाई विशेष कदर पत्र सहित सम्मान गरिएको हो ।
गुणस्तरयुक्त र अनुशासित जनशक्ति उत्पादनगर्न अहम भुमिका खेलेको कदरस्वरुप सो बिद्यालयलाई नागरीक एकता समाजले उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रममा प्रमुख अतिथी पुर्व उपराष्ट्रपति परमानन्द झाले आदर्श माध्यमिक विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलाललाई कदरपत्र सहित सम्मान प्रदान गरेका थिए ।


विद्यालयका प्राचार्य दुलालले विद्यालयमा कार्यरत शिक्षक,कर्मचारी र विद्यालय ब्यवस्थापन समिति लगायत सबैको साझा प्रयासबाट आदर्शले सामुदायिक विद्यालयतर्फ राष्ट्रियस्तरमै प्रतिष्ठा कमाउन सफल भएको बताए ।


आर्दश स्कुलमा हाल बाल कक्षादेखी १२ सम्म २ हजार २ सय ६६ जना विद्यार्थी र ८९ जना शिक्षक कर्मचारी रहेको विद्यालयका प्रचार्य दुलालले जानकारी दिए । विद्यालयमा २०७३ सालदेखी अग्रेजी माध्ययबाट पढाई हुदै आएको विद्यालय एसईई परीक्षामा समेत उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्