प्रदेश १ मा ‘म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने तयारी

<span class='c1'>प्रदेश  १ मा  ‘म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ</span> <span class='c2'> २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने तयारी</span>

विराटनगर ३० असार । प्रदेश १ सरकारले प्रदेशमा असल नागरिक उत्पादन गर्ने उदेश्यसहित मंगलबारबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेटेर ‘म अघि बढ्छु’ कार्यक्रम सुरु गर्ने भएको छ ।


‘आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने नारासहित विराटनगरमा कार्यक्रमको शुभारम्भ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशका १४ वटै जिल्लामा एकै साथ कार्यक्रम सुरु हुने जानकारी गराएको छ ।
प्रदेशको सामाजिक तथा सांस्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम सुरु गरिने मन्त्रालयका सचिव भरतमणि रिजालले बताए । उनका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई सक्षम, सवल, जिम्मेवार, चरित्रवान, नैतिकवान, सकारात्मक, सुसंस्कृति तथा उत्तरदायी बनाएर क्षमतामूलक समाज निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले खास गरेर किशोर किशोरीहरुलाई कुलत र दुव्र्यसन मुक्त बनाई सकारात्मक र सृजनशिल बनाउने उदेश्य कार्यक्रमको रहेको बताउ । कार्कीले १३ देखि १९ वर्ष उमेर समूहकामा लागुऔषध दुव्र्यसनको डरलाग्दो अवस्था रहेको पनि बताए ।
२०६८ को जनगणना अनुसार प्रदेश १ को जनसंख्याको करिब ११ प्रतिशत १३–१९ वर्ष उमेर समूहका छन् । यस कार्यक्रमका लागि पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ खर्च गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्