विराटनगर मलाय रोडमा रानीवासीले पानीको निकासा नभएको भन्दै सडक अवरुद्ध गरे

विराटनगर मलाय रोडमा रानीवासीले पानीको निकासा नभएको भन्दै सडक अवरुद्ध गरे

विराटनगर, ३० असार । विराटनगर रानी मिल्श एरीयाका स्थानियवासीले पानीको ढल निकासा नभएको भन्दै मलाय रोडमा सवारी यातायात अवरुद्ध पारेका छन् ।


केहीदिन यता लगातार परेको अविरल वर्षाका कारण स्थानियवासीको घरभित्र पानी पसेर विस्तापित हुनपरेको भन्दै विराटनगर १५ र १४ विचमा पर्ने सडक खण्ड अवरुद्ध पारेका हुन् ।
जोगवनी – विराटनगरको मलाय रोडको नाला अग्लो बनाएका कारण पारिजात टोलका स्थानियवासीको घरमा पानी पसेर समस्या परेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।


सोमबार दिउसो २ घन्टा जति सडक अवरुद्ध पारेपछि जनप्रतिनीधी, प्रहरी र स्थानीयविच नालाको निकासा गर्ने भन्दै सडक खुलाईएको थियो । ठेक्का लिने कम्पनीले जथाभाबी रुपमा बाटोघाटो तथा सडक निर्माण गर्दा पानीको उचित निकास नभएको बिषयप्रति आपत्ति जनाउँदै उनीहरु आक्रोशित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्