प्रदेश १ मा नेकपाका सबै सांसदलाई उद्दार र राहतमा सक्रिय हुन आब्हान

प्रदेश १ मा नेकपाका सबै सांसदलाई  उद्दार र राहतमा सक्रिय हुन आब्हान

विराटनगर, ३० असार ।

प्रदेश १ मा नेकपा संसदीय दलले सबै सांसदलाई विपद क्षेत्रमा जान निर्देशन दिएको छ । २१ जनाको ज्यान गएको बारेमा स्तब्ध रहेको जनाएको नेकपा संसदीय दलले हज्जारौँको संख्यामा रहेका बिस्थापितको उद्दार र राहतको कार्यमा सक्रिय हुन सांसदलाई भनेको हो । प्रदेश सरकारले मृतकको परिवारलाई प्रति मृतक परिवार २ लाखका दरले राहत उपलब्ध गराउने र घाईतेहरुको उपचार लगायत राहत, उद्दार र पुनः स्थापनाको लागि गरेको निर्णयको स्वागत गरेको संसदीय दलको तर्फबाट प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा अनुसार असार ३१ गतेदेखि साउन ४ गतेसम्म प्रदेश सभाको बैठक स्थगन भएकोले यस बिचको समयमा बाढी, पहिरो र डुबानबाट प्रभाबित क्षेत्रमा पुगी राहत, उद्दार र पुनः स्थापनाको कार्यमा जुट्न र नेतृत्वदायी भुमिका खेल्न नेकपाका सबै सांसदलाई आब्हान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्