विराटनगरको जमुुनगाछीबाट उमेर नपुगेकी किशोरीलाई जग्गेबाटै प्रहरीले उठायो

विराटनगरको जमुुनगाछीबाट उमेर नपुगेकी किशोरीलाई जग्गेबाटै प्रहरीले उठायो

विराटनगर, ३० असार ।
उमेर नपुगिकन भारतीय युवकसँग बिहे गरिदिंँदै गर्दा विराटनगर महानगरपालिका–४ जामुनगाछीबाट एक किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।
भारत हतियाणा घर भएका २४ वर्षीय युवकसँग बिहे हुँदै गर्दा जग्गेबाटै प्रहरीले १८ वर्षीय किशोरीको उद्धार गरेको हो । उनलाई उमेर पुगेपछि मात्रै बिहे गरिदिने सर्तमा सोमबार अभिभावकको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार धुमधाम साथ बिहेको कार्यक्रम चलिरहेका बेला मण्डपबाटै किशोरीको उद्धार गर्दै युवकलाई नियन्त्रणमा लिइएको छ ।
युवकलाई पनि अभिभावक बोलाएर जिम्मा लगाइएको खिउजुले बताए ।

बाल विवाह भइरहेको सूचनाका आधारमा बिहे घरमा पुगेको प्रहरी टोलीले बाल विवाह हुनबाट रोकेको उनको भनाइ छ । ‘बेहुलाको उमेर पुगे पनि बेहुलीको बिहे गर्ने उमेर पुगेको रहेनछ,’ खिउजुले भने, ‘नजानेका कारण उमेर नपुगे पनि युवतीका अभिभावकले बिहे गरिदिन लागेको पाइयो ।’
नेपालको कानुन अनुसार २० वर्ष उमेर पूरा भएपछि मात्रै छोरीको बिहे गर्न पाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्