मोरङमा खोलाले बगाएर एकजना बेपत्ता, एकजनाको शव भेटियो

मोरङमा खोलाले बगाएर एकजना बेपत्ता, एकजनाको शव भेटियो

विराटनगर, ३० असार ।
मोरङमा एक जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने हराएका एकजनाको शव फेला परेको छ। मोरङको कानेपोखरी गाउँपालिका १ हिक्लाबारी बस्ने बर्ष १८ का सचिन मुर्मुलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनी सहित गएका ४/५ जना साथीहरु मुसा मार्न जाने क्रममा रंगेली ९ को धन्जुवा तर्फ जाने क्रममा डाँस खोलाले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले बताए ।
बेपत्ता भएका सचिन मुर्मुको ईलाका प्रहरी कार्यालय रंगेली र ईलाका प्रहरी कार्यालय दिहमनाको संयुक्त प्रहरी टोलीले खोजी गरिरहेको डिएसपी खिउजुले बताए ।
यस्तै रंगेली नगरपालिका ९ न.पा.९ युवा चौक स्थित गेउरिया खोलाको किनारामा एक ब्यक्तिको शव फेला परेको छ । तराई मूलको जस्तो देखिने करिब २८।३० बर्षको नाम थर वतन खुल्न नसकेको पुरूष व्यक्तिको शव फेला परेको हो । यसरी भेटिएको शब गत बिहिवार गेउरियाबाट खोलाले बगाएर बेपत्ता भएको ब्यक्तिको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्