बाढीको कहर : प्रदेश १ का उद्योगहरू प्रभावित, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति

बाढीको कहर : प्रदेश १ का उद्योगहरू प्रभावित, मोरङ र सुनसरीमा सबैभन्दा बढी क्षति

विराटनगर, ३१ असार ।  गत बिहीवारदेखिको अविरल वर्षाले प्रदेश १  का प्रमुख औद्योगिक कोरिडोरलाई नराम्ररी प्रभावित गरेको छ । उद्योगहरूमा पसेको बाढीको पानीले कच्चा पदार्थ तथा उत्पादित वस्तु बगाउँदा १ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको उद्योगीहरूले बताएका छन् ।

बाढीले पूर्वका तीन जिल्ला मोरङ, सुनसरी र झापामा सबैभन्दा बढी क्षति भएको छ । मुलुकको प्रमुख औद्योगिक क्षेत्रमध्येको एक मोरङ–सुनसरी औद्योगिक कोरिडर अन्तर्गत विराटनगर, टंकीसिनुवारी, दुहबी, सोनापुर, खनार, इटहरीमा रहेका अधिकांश उद्योगमा बाढीले नोक्सान पु¥याएको उद्योग संगठन मोरङले बताएको छ ।

बाढीले बन्द भएका केही उद्योग आइतवारदेखि सञ्चालनमा आउन थाले पनि धेरै उद्योग हालसम्म सञ्चालनमा आउन नसकेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयेश प्याकुरेलले बताए । संगठनले क्षति पुगेका उद्योगको संख्या संकलन तथा क्षति भएको वास्तविक रकम आकलन गरिरहेको उनले जानकारी दिए ।

निरन्तरको झरीले बूढी, गछिया र ट्याङ्ग्रा खोलाको पानी दुहबी औद्योगिक कोरिडरका अधिकांश उद्योगमा पसेको थियो । विशेष गरी जुट मिल, चिनी, साबुन, चाउचाउ, रङ लगायत कारखाना र तिनका गोदाममा पसेको पानीले बजारमा पठाउन तयारी अवस्थामा राखिएका उत्पादन तथा कच्चा पदार्थलाई नोक्सान गरेको उनले बताए ।

बाढीले उक्त क्षेत्रको औद्योगिक संरचनामा कुनै ठूलो क्षति नपु¥याए पनि धेरै ठाउँमा सडक बगाएको छ । बस्नेतका अनुसार, बिजुलीका पोल ढलेका र बगेका कारण विद्युत् आपूर्ति नभएकाले पनि ती क्षेत्रका उद्योग बन्द गर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्