‘मनसुनी रेखा दक्षिण सर्यो, अब धेरै पानी पर्दैन’ अझै एक–दुई दिन सतर्कता जरुरी : मौसमविद

‘मनसुनी रेखा दक्षिण सर्यो, अब धेरै पानी पर्दैन’ अझै एक–दुई दिन सतर्कता जरुरी : मौसमविद

काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।
मौसमविद समीर श्रेष्ठले मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकाले अब धेरै पानी नपर्ने बताए । उनले भने, ‘न्यून चापिय रेखा नेपालबाट विस्तारै दक्षिण सर्दै गएको छ, त्यसले अब धेरै पानी पर्ने क्रम हुँदैन ।’ अहिले मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा केही तल छ । जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय छ । यद्यपि मंगलबार दिउँसो पहाडि र तराईका १(२ स्थानमा तथा राति पूर्वी तथा पश्चिमी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए । साउन १ गते बुधबार राति पूर्वी क्षेत्रका एक(दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना छ ।
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्