खेत जोत्ने क्रममा हिलोमा फसेको ट्रयाक्टर पल्टेर चेप्दा एकको मृत्यु

खेत जोत्ने क्रममा हिलोमा फसेको ट्रयाक्टर पल्टेर चेप्दा एकको मृत्यु

विराटनगर, ३१ असार । सुनसरीको ईनरुवा नगरपालिका(९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्