विराटनगरका होटल सञ्चालक ब्राउन सुगर र डिजिटल तराजुसहित पक्राउ

<span class='c1'>विराटनगरका होटल सञ्चालक ब्राउन सुगर</span> <span class='c2'>र डिजिटल तराजुसहित पक्राउ</span>

विराटनगर । विराटनगरमा होटल तथा लज सञ्चालन गर्दै आएका एक सञ्चालक प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१२ रोडशेष दक्षिणस्थित वीरेन्द्र होटल एण्ड लजका सञ्चालक ३५ वर्षीय निकु सिंहलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।

लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो। सो क्रममा होटलको काउन्टर नजिकै रहेको कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजु बरामद भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

पक्राउ परेका सिंहलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्