धनपालथानका नागरिकलाई जीवन विकास अस्पतालमा उपचारमा छुट

<span class='c1'>धनपालथानका नागरिकलाई जीवन विकास</span> <span class='c2'>अस्पतालमा उपचारमा छुट</span>

विराटनगर । स्वास्थ्य उपचारमा हुने आर्थिक भार कम गर्दै स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले धनपालथान गाउँपालिकासँग महत्वपूर्ण सहकार्य गरेको छ। यस सम्झौतासँगै अब धनपालथान गाउँपालिकाका नागरिकले उक्त अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौताअनुसार धनपालथान गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, स्थानीय तहका शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआई लगायतका सेवाहरूमा छुट प्राप्त गर्नेछन्।

यससम्बन्धी समझदारीपत्रमा गत कार्तिक १८ गते धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदार र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले हस्ताक्षर गरेका छन्। प्रारम्भिक रूपमा एक वर्षका लागि गरिएको यो सम्झौता दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्