विराटनगरमा ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ

विराटनगरमा ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ

विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो ।

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरिका १४० विद्यालयका १५ हजार विद्यार्थीमाँझ क्लब गठन भएको जानकारी गराउनुभयो । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले महत्वका साथ सुरु गरेको कार्यक्रममा मन्तव्य दिँदै मुख्यमन्त्री शेरधन राईले कार्यक्रम मार्फत स्वस्थ र सुरक्षित समाज निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो । पहिले नै शुभारम्भ गर्नुपर्ने कार्यक्रम विभिन्न कारणले अन्तिम समयमा उद्घाटन भएको भन्दै उनले यसखालका कार्यक्रमले समृद्ध प्रदेश निर्माणमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले यो कार्यक्रम संचालन गरेसँगै युवामा सकारात्मक परिवर्तन आउने दाबी गर्नुभयो । उहाँले समाजलाई लागुपदार्थ दुर्व्यसनीबाट मुक्त गराउने, सामाजिक अपराध रोक्ने र असल नागरिक उत्पादन गर्ने पनि बताउनुभयो ।


कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले कार्यक्रम शुभारम्भ गरेको हो। आजका किशोर(किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्