अदालतमा पुरुष सम्बन्ध बिच्छेद गर्ने बढे, मोरङमा तीन हजार बर्ष कैद असुली बाँकी

अदालतमा पुरुष सम्बन्ध बिच्छेद गर्ने बढे, मोरङमा तीन हजार बर्ष कैद असुली बाँकी

विराटनगर, ३१ असार ।
एक बर्षको अबधिमा मोरङ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्ने २५ प्रतिशत पुरुष रहेका छन् । एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला वादी भएर मुद्दा दर्ता गराएका छन् भने २३६ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सम्बन्ध बिच्छेदका ८ सय ३५ मुद्दा फछ्र्यौैट भएका छन् ।
देवानी फैज्दारी संहिता लागु भएसँगै पुरुषबाट सम्बन्ध बिच्छेदको लागि बढी मुद्दा दर्ता हुन आएको जिल्ला अदालत मोरङका न्यायाधिश राजुकुमार खतिवडाले जानकारी दिए । जिल्ला अदालत मोरङमा सबैभन्दा बढी अंश मुद्दा १ हजार २ सय ३ वटा रहेकोमा ८ सय ३५ वटा फैसला भएका छन् । मुद्दा दर्तालाई आधार मान्दा माना चामलको मुद्दा सबैभन्दा बढी दर्ता हुनेमध्येको तेश्रोमा परेको छ । ३ सय ३३ मुद्दा दर्ता भएकोमा २ सय ३५ फछ्र्यौट भएका छन् ।
त्यस्तै लागु औषध मुद्दा चौथोमा परेको छ । सिमासँग जोडिएकोले पनि यो बर्ष २६६ वटा मुद्दा लागु औषधसँग सम्बन्धित रहेकोमा २ सय १९ वटा फछ्र्यौट गर्न सफल भएको खतिवडाले बताए । जिल्ला अदालतमा जवरजस्ती करणीका मुद्दाहरु २ सय ७ वटा दर्ता भएका छन् । दर्ता भएको मध्ये १३६ वटा फैसला भएको छ ।
जिल्लामा घरेलु हिंसाको ९३ र मानव बेचबिखन तथा ओसार पसारको १२ वटा मुद्दा यस आर्थिक बर्षमा अदालतमा देखिएकोमा घरेलु हिंसाको ५२ र मानव बेचबिखन तथा ओसार पसारको ५ वटा मुद्दा फछ्र्यौट भएका छन् ।
एक बर्षको अबधिमा भएका मुद्दा दर्ता तथा फछ्र्यौटको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा न्यायधिश खतिवडाले एक बर्षमा ४ हजार ५ सय ४८ मुद्दा फछ्र्यौट गर्न सफल भएको बताए ।
आर्थिक बर्ष २०७४÷०७५बाट जिम्मेवारी सरेर आएको २ हजार ४ सय ७५ मुद्दा मध्ये २ हजार २ सय ९ वटा मुद्दा फैसला भएको छ । चालु आर्थिक बर्षमा दर्ता भएको ४ हजार १ सय ६ वटा मुद्दा मध्ये २ हजार ३ सय ३९ वटा मुद्दा फैसला गर्न सफल भएको अदालतका न्यायाधिक कृष्णमुरारी सिवाकोटीले बताए । जसमा ९ सय ५३ वटा मुद्दा मिलापत्रबाट टुङ्गीएको छ ।
सिवाकोटीका अनुसार, बाल ईजलाशमा ४० वटा मुद्दा रहेकोमा २५ वटा फछ्र्यौट भएको र १५ वटा बाँकी रहेका छन् । १२० दिन भित्र बालईजलाशबाट बालबालिका सम्बन्धि मुद्दा किनारा लगाउनु पर्ने ब्यवस्था अनुसार अधिकांश मुद्दाहरु किनारा लागेका छन् ।
तिन हजार बर्ष कैद असुली बाँकी
जिल्ला अदालत मोरङमा बिभिन्न मुद्दामा फैसला भएका ब्यक्तिहरुबाट ३ हजार १ सय ४८ बर्ष १० महिना ७ दिन कैद असुली हुन बाँकी देखिएको छ । ५ हजार ७ सय ५ बर्ष ३ महिना २५ दिन लगत कैद बाँकी देखिएकोमा यो बर्ष २ हजार ५ सय ५६ बर्ष ५ महिना १८ दिन कैद असुल गरिएको जिल्ला अदालत मोरङले जनाएको छ । त्यस्तै अदालतले गरेको फैसलाबाट जरिवाना भएको १३ करोड ९८ लाख ७६ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसा असुल हुन बाँकी देखिएको जिल्ला न्यायाधिश सिवाकोटीले बताए । आर्थिक बर्ष भित्र २१ करोड ९५ लाख ६४ हजार ३ सय ४५ रुपैयाँ असुल हुनु पर्ने देखिएकोमा आर्थिक बर्षको अन्त्यसम्ममा ७ करोड ९६ लाख ८७ हजार ३ सय ५८ रुपैयाँ असुली गरेको जनाईएको छ । त्यस्तै अदालतले बिशेष अभियान संचालन गरेर समेत कैद र जरिवाना असुली गरेको जनाएको छ ।
समुदायमा अदालत
जिल्ला अदालत मोरङले अदालतको काम कार्वाहीको बारेमा जानकारी दिनको लागि समुदायमा अदालत अभियान पनि यो बर्ष संचालन गरेको जनाएको छ । अभियान अन्तरगत ४ ठाउँमा नागरिकले अदालत प्रति गर्ने ब्यवहार, दृष्टीकोणको बारेमा बुझ्ने र बुझाउने काम गरेको छ । अदालती प्रक्रियाको बारेमा गाउँगाउँमा गएर बुझाएको, अदालतलाई नागरिकले के सोच्छन् भनेर बुझ्न गाउँमा छलफल भएको छ । समुदायमा अदालत कार्यक्रम लेटाङ, पथरीशनिस्चरे, धनपालथान, सत्यनारायाण् माध्यामिक बिद्यालय र ब्राईट भिजन कलेजमा संचालन गरिएको थियो ।
अदालतले एक बर्ष भित्रमा मुद्दा फछ्र्यौटमा ठुलो सफलता हाँसिल गरेको जनाएको छ । यसरी सफलता हासिल हुनुमा म्याद तामेली, पेशी ब्यवस्थापन, पेशीमा चढेका मुद्दा धेरै पटक हटाउने प्रबृतिलाई निरुत्साहित गर्नु र सरोकारवालासँग समन्वय हुनु नै महत्वपुर्ण रहेको अदालतका श्रेस्तेदार ईश्वरमणी ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्