विराटनगरको सेन्ट्रल बजारले ल्यायो मनसुन अफर , चिनी ४९ मै पाईने

विराटनगरको सेन्ट्रल बजारले ल्यायो मनसुन अफर , चिनी ४९ मै पाईने

विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ ।


सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको सामान खरिदमा अफर ल्याएको हो । १,९९९ सम्म वा त्यो भन्दा माथीको सामान खरिद गरेसँगै एक किलो प्याज, ६ सय ५० ग्रामको लुगाधुने पाउडर , एक किलो आलु , फिल्म टिकेट, २ सय मिलिको गुडलाईफ जुस प्रति सामानमा ५ रुपैया तिरेपछि पाउने छन् ।


साथै सेन्ट्रल बजारले धमाका अफर अन्र्तगत ४९ रुपैया मै एक किलो चिनी दिने व्यावस्था गरेको सेन्ट्रल बजारका मार्केटिङ मेनेजर ओम घिमिरेले जानकारी दिए । उनका अनुसार ७९९ सम्मको खाद्यन्न सामाग्री खरिद गरे वापत ४९ रुपैयामा नै चिनी पाईने छ । सेन्ट्रल बजार आफ्ना ग्राकहरुलाई बेला बेलामा विभिन्न अफर ल्याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्