लागुऔषधसहित विराटनगरबाट सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

लागुऔषधसहित विराटनगरबाट सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

विराटनगर, ३१ असार ।
विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार मंगलबार पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् ।
सशस्त्रको सुनसरीको अमडुवास्थित बिओपी पोस्टमा कार्यरत रहेका थापामगर भारतबाट साइकलमा नाइलनको झोला झुन्ड्याएर आउँदै गर्दा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । शंका लागेर चेकजाँच गर्दा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
झोला चेकजाँच गर्दा चिनी र चनामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लागुऔषध फेला परेको थियो । डीएसपी खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद भएको छ ।
पक्राउ परेका थापा मगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जानकारी उनले दिए ।
उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्