विराटनगरको महेन्द्र चोकमा रहेको मोवाईल पसलबाट करिब १२ लाखको सामान चोरी

विराटनगरको महेन्द्र चोकमा रहेको मोवाईल पसलबाट करिब १२ लाखको सामान चोरी

विराटनगर, १ साउन ।
विराटनगरको ब्यस्त बजार महेन्द्र चोकको हिमालय हल अगाडी रहेको एक मोवाईल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोवाईलको आधिकारिक बिक्रेता रहेको सनराईज ईन्टरप्राईजेजमा रातीको समयमा चोरी भएको हो ।

२ थान ल्यापटप, ट्याव २ थान, मोवाईल ४१ थान, मोवाईलको पावर बैंक १० थान , ब्युटुथ डिभाईस ५ थान, मोवाईल कभर २ सय पिस र नगद ४० हजार समेत चोरी भएको ईन्टरप्राईजेजका संचालक मधु राईले जानकारी दिए ।

हिजोसाँझ करिब ९ बजेको समयमा पसल बन्दगरेर निस्किएकोमा राती कतिबेला कसले चोरी गर्यो भन्ने आफुलाई थाहा नभएको राईले बताए । बिहान करिब ६ बजेको समय पसल नजिकैको एकजना भाईले फोन गरेर जानकारी दिएपछि मात्र चोरीको बारेमा आफुले थाहा पाएको राईले सुनाए । करिब १० देखि १२ लाखको चोरी भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्