विराटनगरबाट रंगेली तर्फ जादै गरेको यात्रुवहाक बस पल्टियो, ८ जना यात्रु घाईते

विराटनगरबाट रंगेली तर्फ जादै गरेको यात्रुवहाक बस पल्टियो,  ८ जना यात्रु घाईते

विराटनगर १ साउन । विराटनगर हाटखोला बसपार्कबाट रगेली जादै गरेको तर्फ जादै गरेको यात्रुवहाक बस आज दिउसो पल्टिएको छ । विराटनगरबाट रगेली जादै गरेको को १ ख ३०१५ नम्बरको यात्रुवहाक बस धनपालाथान गा.पा. मा रहेको आनन्द इट्टा उद्योग नजिक रहेको भङ्गा पुलमा दुर्घटना भएको हो ।


दुर्घटनामा परि ८ जना यात्रु घाईते भएको मोरङ प्रहरीले जनाएको छ । घाइते मध्ये एक जना गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख शिव कुमार पोखरेलले जानकारी दिनुभयो । मोरङको सुनवर्शी नगरपालीका ८ का ४ वर्षिय मोहम्मद ईर्वाहिम गम्भिर घाईते भएका हुन । उनको अहिले गोल्डेल अस्पतालमा उपचार भईरहेको छ । विपरित दिशाबाट आउदै गरेको ट्याक्टरलाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तस्बिर सौजन्य ः अभिषेक अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्