मोटरसाइकल आवश्यकता कि विलासिता ? के भन्छन् विराटनगरका सरोकारवाला ?

मोटरसाइकल आवश्यकता कि विलासिता ? के भन्छन् विराटनगरका सरोकारवाला ?

विराटनगर, १ साउन ।  तपाईलाई मोटरसाईकल आवश्यकता कि तपाईको रहर हो ? भनेर सोध्यो भने, पक्कै जवाफ आउने छ आवश्यकता । आम मानिसका लागि मोटरसाईकल अनिवार्य आवश्यता भईसकेको एक कार्यक्रमका सहभागीले बताए ।
विकल्प एन अल्टरनेटिभले मोटरसाइकल आवश्यकता कि बिलाशिता भन्ने विषयमा छलफल तथा संबाद कार्यक्रममा बहुसंख्यक सहभागीहरुले मोटरसाईकल कमैलाई मात्र विलासिता र धेरैलाई आवश्यक रहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सह–सचिब हरिहर पौडेलले करको दर अरु क्षेत्रहरुको तुलनामा खासै नभएको तर मोटरगाड़ीमा बढी राजस्व लिने गरेको बताए ।
२४ प्रतिशत राजस्व शुल्क मोटर गाडीबाट उठ्ने भएकोले हाल यसलाई घटाउन नसक्ने आवस्था रहेको पौडेलले बताए । अहिले नेपाल सरकारले विद्युतीय गाड़ी र सार्वजनिक यातायातमा ठूलो अनुदान दिएको अवस्था रहेपनि मोटरसाइकलमा अनुदान दिने बिषयमा कुनै पहल नगरेको गुनासो गरे ।
त्यसैगरी कार्यक्रममा सहभागी स्वयम्भू कार्कीले मोटरसाइकलले नागरिकहरुको आवत–जावतमा सहजता प्रदान गर्ने भएका कारण नेपाली नागरिकहरुको निम्ति यो अनिवार्य आबश्यकता जस्तै भएको बताए ।

कार्यक्रममा प्राध्यापक डा. भेषराजप्रसाद धमलाले मोटरसाइकल अहिले ८० प्रतिशत नेपाली नागरिकहरुको निम्ति आवश्यकताको बिषय भएकोले सरकारले यसमा न्युनतम करको दर कायम गर्दा ठिक हुने जिकिर गरे ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिव पोखरेलले अधिकांशलाई आबश्यकताको बिषय भएपनि केहीको लागि मोटरसाइकल बिलासिताको रुपमापनि प्रयोगमा ल्याएको बताए ।
सोधपत्रको प्रस्तुतीकरण विकल्पका अनुसन्धानकर्ता सर्बज्ञ राज पाण्डेले गरेका थिए भने कार्यक्रमको सहजीकरण बसन्त अधिकारीले गरेका थिए । प्रस्तुतकर्ता पाण्डेले भारतीयहरुको तुलनामा नेपाली नागरिकहरुले मोटरसाइकलमा तिर्नु परेको बढी मूल्य र त्यसको प्रत्यक्ष असरको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्