विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित, मिरगञ्ज पुलबाट सवारी सञ्चालनमा

विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित, मिरगञ्ज   पुलबाट सवारी सञ्चालनमा

विराटनगर, १ साउन । भारतको बिहार अररियास्थित मिरगञ्ज खोलामा रहेको पुलबाट सवारी सञ्चालन खुला गरेसँगै विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित भएको छ।

केहीदिन अघिको भीषण वर्षा र बाढी कारण पुलमा क्षति पुगेको जनाउदै भारतीय पक्षले पारवहन सवारी साधनमा रोक लगाएको थियो। सोही कारण शनिबारबाट भन्सार कार्यालयमा सवारीसाधन ठप्प रहेको थियो।

सोही क्रममा भन्सार नाका सुचारु भएसँगै विराटनगर भन्सार कार्यालयको काम कारवाही नियमित बनेको छ।भारतीय पक्षको अवरोधका कारण जोगवनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै मालबहाक सवारी साधन नेपाल भित्रन पाएका थिएनन्।

विराटनगर भन्सारका अधिकृत एवम् सूचना अधिकारी मनिराम पौडेलले बुधबारदेखि भारतीय पक्षले मालबहाक सवारी साधन सञ्‍चालनको अनुमति दिएको बताए। उनका अनुसार ४० मेट्रिक टनसम्मको भार रहेका मालबहाक सवारी साधन मात्रै सञ्चालनको अनुमति भारतीय प्रशासनले दिएको छ।

भारतबाट जोगवनी नाका हुँदै दैनिक तीन सय ५० बढी मालवहाक सवारी साधन नेपाल भित्रिने गरेका छन्।जसबाट दैनिक करिब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुने गरेको विराटनगर भन्सारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्