विराटनगर महानगरको कर संकलन लक्ष्य भन्दा कम, एक बर्षमा ४० करोड ७६ लाख उठ्यो

विराटनगर महानगरको कर संकलन लक्ष्य भन्दा कम, एक बर्षमा  ४० करोड ७६ लाख उठ्यो

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैया राजस्व संकलन गरेको जानकारी दिए ।

सो रकम महानगरपालिकाले तय गरेको लक्ष्य भन्दा १४ करोड रुपैयाँ कम हो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार, महानगरपालिकाले सम्पत्ति करतर्फ सबैभन्दा बढी ११ करोड ४८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरि घरबहाल करतर्फ ४ करोड ३८ लाख, नक्सापास करतर्फ ४ करोड २९ लाख रुपैयाँ, व्यवसाय करतर्फ ३ करोड ५ लाख रुपैयाँ राजस्व संकलन भएको अधिकारीको भनाई छ । त्यसैगरि अन्य राजश्वतर्फ ६ करोड ६२ लाख रुपैयाँ, अन्य दस्तुरबाट ३ करोड ७८ लाख रुपैयाँ र सिफारिस दस्तुरबाट १ करोड ७६ लाख रुपैयाँ संकलन भएको महानगरपालिकाले जनाएको छ ।

५४ करोड रुपैयाँको लक्ष्य राखिए पनि महानगरपालिकामा १२ करोड रुपैयाँ कम लक्ष्य संकलन भएको उनले बताए । अधिकारीले भने, ‘महानगरका विभिन्न १९ वटा वडा कार्यालयलाई बजेट विकेन्द्रीकृत गर्दा कम राजस्व असुली भएको हो ।’
महानगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ७२ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्