वल्र्ड भिजनले बाँड्यो, मोरङमा ४ स्थानीय तहका १५६ परिवार बाढी पीडितलाई सहायता सामाग्री

<span class='c1'>वल्र्ड भिजनले बाँड्यो, मोरङमा ४ स्थानीय तहका</span> <span class='c2'>१५६ परिवार बाढी पीडितलाई सहायता सामाग्री</span>

विराटनगर, १ साउन । वल्र्ड भिजन इन्टरनेशनल नेपालेले मोरङ जिल्लाका बाढी पीडितलाई सहायता सामाग्री वितरण गरेको छ । मोरङ कार्यक्षेत्रका ४ वटा स्थानीय तहका ७ वडाका १ सय ५६ परिवारलाई सहायता सामाग्री वितरण गरेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा कार्यक्षेत्र रहेको कटहरी गाउँपालिकाको वडा नं. ५ र ६, बुढीगंगा गाउँपालिकाको ६ र ७, ग्रामथान गाउँपालिकाको १ र २ र सुन्दरहरैचा नगरपालिकाको १ नम्बर वडाका बाढी पीडितहरुलाई सहायता सामाग्री वितरण गरिएको वल्र्ड भिजन इन्टरनेशनलका प्रतिनिधि प्रमिल अधिकारी जानकारी दिए।

स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वयमा सहायता सामाग्री वितरण गरिएको उनका् भनाई छ । बाढी पीडितलाई प्रति परिवार २ वटा झुल, १ थान सोलार लाईट, २ थान म्याट, २ थान त्रिपाल, २ थान व्लाङकेट, २ थान नाइलन डोरी गरि ८ हजार बढीको सहायता सामाग्री वितरण गरिएको उनको भनाई छ । बुधवार जहदा गाउँपालिकामा पनि ५० सेट सहायता सामाग्री वितरण गरिएको छ ।

नारी विकास संघ विराटनगरले वल्र्ड भिजनसँगको सहकार्यमा मोरङका ५ वटा स्थानीय तहमा विपद् जोखिम न्युनीकरणका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्