वुढीगंगामा निर्माण गरिएको ६४ लाखको कालोपत्रे सडक ७ दिनमै भत्कियो

<span class='c1'>वुढीगंगामा निर्माण गरिएको ६४ लाखको</span> <span class='c2'>कालोपत्रे सडक ७ दिनमै भत्कियो</span>

प्रेम देवान ।

विराटनगर, २ साउन ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा कालोपत्रे गरिएको सडक एक हप्ता नपुग्दै भत्किएको छ । बुढीगंगा गाउँपालिकाले यसुकी निर्माण सेवा प्रा.लि.लाई निर्माणको जिम्मा दिएको थियो । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको एक हप्ता नबित्दै भत्किएको स्थानीयले बताएका हुन् । ६४ लाख ३७ हजार ४ सय ४५ रुपैयाँको लागतमा यसुकी निर्माण सेवाले ठेक्का पारेको थियो ।

गत चैत ११ गतेदेखि शुरुभएको ठेक्का सम्झौताको निर्माण पुरा गर्नुपर्ने समय जेठ ३२ गतेसम्म तोकिएको थियो । तर ठेक्का सम्झौता भएको समयाबधि भित्र काम नै नभएको र असारको अन्तिममा आएर काम गरेर बजेट सक्ने काम भएको स्थानीय ईश्वरीप्रसाद नेपालले बताए । हुलास मेटल उद्योगको उत्तरबाट पुर्ब जाने ९१९ मिटर लम्बाई रहेको सो सडकको कालोपत्रे सबै भत्किएको छ । कालोपत्रे हाल्दा जाम हुनु पर्नेमा सबै गिटी निस्किएर भत्किएको हो ।

सडक कालोपत्रे गरिएको ७ दिनमै भत्किएको बारेमा सबैलाई जानकारी गराउँदा समेत वेवास्ता गरिएको नेपालले आरोप लगाए ।
गोकुवाका स्थानीय चित्त माझीले सडकको कालोपत्रेमा चरम लापरवाही भएको ठोकुवा गरे । ठेकेदारले राती राती काम गर्दा स्थानीयले समेत निगरानी गर्ने मौकै नपाएको उनको भनाई छ । ‘हामीले थाहाँ पाउँछौँ भनेर राती राती काम गरेको थियो, माझीले भने, अहिले आएर यस्तो देख्न पर्यो ।’
कालोपत्रे गरिएको सडकमा गिटी निस्किएपछि धुलो बनेको छ । कालोपत्रे गरिएको सडकमा अलकत्राले नसमाउँदा सबै गिटीहरु निस्किएर धुले सडकको जस्तो बन्दै गएको छ ।

कालोपत्रे निर्माणको बारेमा बुढीगंगा गाउँपालिकाका इन्जिनिय मनोजकुमार ठाकुरलाई सोध्दा उनले प्राबिधिक त्रुटीका कारण त्यस्तो हुन गएको बताए । कालोपत्रे भएको दिन रातीदेखि पानी परेको कारण यस्तो भएको उनको दाबी छ । कालोपत्रे भत्किएको बारेमा ठेकेदारलाई ल्याएर के भएको हो भनेर जानकारी लिने काम भएकोले अब फेरी त्यसलाई माथिबाट कालोपत्रे थप्न भनिएको बताए ।
तर स्थानीय भने एक हप्ता अगाडी कालोपत्रे गरेको यो सडक काम गर्दा पानी नपरेको बताउँछन् । पानी पर्न शुरु हुनुभन्दा २ दिन अगाडी मात्र कालोपत्रे गरिएको तर २ दिन पछि देखिमात्र पानी पर्न थालेको स्थानीयको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले सडकको स्थलगत अनुगमन पछि फेरी त्यो सडकलाई माथिबाट कालोपत्रे गर्नको लागि ठेकेदारलाई निर्देशन दिईएको बताए । ‘हामीले अनुगमन गरेर ठेकेदारलाई बोलाएर देखाएका छौ, उनले भने, ‘एक दुई दिन भित्रैमा काम थाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्