विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई अभिमुखिकरण

विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई अभिमुखिकरण

विराटनगर २ साउन । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथी ह्यापी लाईफ एजुकेशनका निर्देशक तथा उत्पेरणक डा. तारा गिरी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, विज्ञान संकायका कार्यक्रम संयोजक बसन्त बस्नेत, डा. इन्दुशेखर झा र एसोसियट प्रोफेसर लगायतले कलेजको बारेमा जानकारी गराएका थिए । कलेजले साईन्स , कम्प्युटर साईन्स र यस बर्षदेखी होटल मेनेजमेन्ट समेत पढाउन थालेको कलेजका प्रिन्सीपल ज्ञानु खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्