सेन्ट जोसेफ प्लस टु मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत

सेन्ट जोसेफ प्लस टु मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर २ साउन । विराटगर–२ मा रहेको सेन्ट जोसेफ स्कूलले प्लस टुमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा एक दिने अभिमुखि गोष्ठी गरेको छ ।
स्कूलले प्लस टुमा १९ औं ब्याचमा भर्ना भएका ३ सय जना विद्यार्थीलाई स्वागत गरेको हो । विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट तीनै संकायमा एक एक सय भर्ना भएको कलेजले जनाएको छ । उनीहरुलाई विराट मेडीकल स्कूलका प्रिन्सिपल सेमसागर रिमाल, कलेजका प्रिन्सिपल एडल्फ रो पाँच, स्कूलका निर्देशक रोहितजँग थपलिया पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक रमाकान्त दास लगायतले स्कूलको बारेमा जानकारी दिएका थिए ।
स्कूलमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले नृत्य तथा गित गाएर स्कूलमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई मनोरञ्जन गर्दै स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्