सेवा प्रवाहमा कर्मचारीको लापरवाही पछि बिरोध, सुनसरीको बसन्तपुर स्वास्थ्य चौकी स्थानीयले घेरे

सेवा प्रवाहमा कर्मचारीको लापरवाही पछि बिरोध,  सुनसरीको बसन्तपुर स्वास्थ्य चौकी स्थानीयले घेरे

नसीम अन्सारी
भुटाहा, २ साउन । सुनसरीको हरिनगर गाउँपालिका ५ मा रहेको बसन्तपुर स्वास्थ्य चौकीमा स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बसन्तपुर स्वास्थ्य चौकीमा डाक्टरहरु हुदाहुदै आफुहरुले सेवा नपाएको भन्दै बिरोध गरेका हुन् । चौकीमा स्वास्थ्यर्की हुँदाहुँदैपनि सेवा नपाएपछि बिरोध गर्नु परेको स्थानीय सत्यनारायण मेहताले बताए । सर्वसधारणले स्वास्थ्य चौकीमा सेवा नदिएको भन्दै आफुहरु बाध्य भएर विरोधमा उत्रनु परेको बताएका छन् । स्वास्थ्य चौकीमा औषधी नदिएको, चेकजाँच गर्ने क्रममा पर्खाएर राख्ने गरेको झाडापखाला लागेर आएका बिरामी सम्भु मेहताले आरोप लगाए ।
कार्यालय सहयोगीसहित ७ जना कर्मचारीको दरबन्दी रहेको हरिनगरको बसन्तपुर स्वास्थ्य चौकी बिहीबार बिहान ११ बजेसम्म सुनसान थियो ।
द्यश बजेर १५ मिनेट जाँदा ढोका खोलेको कार्यालय सहयोगी अशोक यादवले आएका सेवाग्राहीको चेक गर्ने काम आफैले थालेका थिए । स्थानीय बसन्तपुरबासीहरुले आफुहरुले स्वास्थ्य चौकीमा सेवा लिनआउदा वेवास्ता गर्ने गरेको र औषधी समेत कार्यालय सहयोगीलाई दिन लगाउने गरेको आरोप लगाए ।
स्वास्थ्यकर्मीहरु ११ बजे आउने २ बजे गईहाल्ने स्थानीयबासीले लगाउँदै आएको आरोप प्रमाणीत भएको छ । बिहिवार स्वास्थयकर्मी अनमी सरस्वती साह ११ बजे कार्यालयमा आएकी थिईन् । उनीसँधै ११ बजे आउने र २ नबज्दै हिँड्ने गरेको स्थानीयको आरोप छ ।
बसन्तपुर स्वास्थ्य चौकीमा दैनिक एक सयसम्म सेवाग्राही आउने गरेको बसन्तपुर स्वास्थ्य चौकी कार्यालय प्रमुख देवनारायण साहले बताए । उनले कहिलेकाँही ढिला हुने र कहिले बिरामी धेरै आउँदा पर्खिनु पर्ने अबस्था रहेको बताए ।
यस स्वास्थ्य संस्थाले औषधि नदिँदा सेवाग्राहीको आक्रोश थप बढेको हो । बिरामीको जाँच गरेपनि औषधि नदिएपछि आक्रोशित भएका हुन् ।
स्थानीय तह संचालनमा आएसँगै स्वाथ्य संस्थाहरुको सेवा प्रवाह प्रति गम्भीर समस्या देखिन थालेको छ । हरिनगर गाउँपालिका तथा स्वास्थ्य शाखाले समय समयमा अनुगमन नगर्दा कर्मचारी कार्यालय नआउने मात्र हैन आएपनि सेवाग्राही प्रति उत्तरदायी नहुँदा समस्या बढ्दै गएको स्थानीय बताउँछन् । हप्तामा २– ३ दिनको हाजिर गरेर हिड्ने कर्मचारीहरु पनि स्वास्थ्य संस्थामा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्