जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण वनाउन विराटनगरका ब्यापारीको माग

<span class='c1'>जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण</span> <span class='c2'>वनाउन  विराटनगरका ब्यापारीको माग</span>

विराटनगर, ३ साउन ।  उद्योगी व्यापारीले भारतको जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण निर्माण गरिदिन सरकारसँग सहयोग मागेका छन् । बहुप्रतीक्षित उक्त रेल्वे सेवा गत जेठ २२ गतेदेखि सञ्चालनमा आए पनि उद्योगी व्यवसायीहरूले त्यसको सही उपयोग गर्न पाएका छैनन् । भारतका लागि नेपाली राजदूत दुर्गेशमान सिंह विराटनगर आएका बखत उद्योगी व्यवसायीले सरकारसँग यो माग गरेका हुन् । सीमावर्ती नाका जोगबनीसँग ब्रोडगेज लाइन विस्तार भए पनि पारवहन सम्झौतामा व्यवस्था नभएका कारण पूर्वका उद्योगी व्यवसायीले त्यसमार्फत ढुवानी गर्न नपाएका हुन् । ब्रोडगेज रेल्वे सेवा जोगवनी कोलकाता जोडिए पनि हाल त्यसबाट नेपालका यात्रुले मात्र आवतजावत गर्न पाउँछन् ।

रेल्वे सेवामार्फत ढुवानी सुविधा लिन पारवहन सम्झौतामा त्यसको व्यवस्था हुनुपर्छ । पारवहन सम्झौताका लागि नेपालले पहल गर्नुपर्ने उद्योगी व्यापारीहरूको आग्रह छ । रेल्वे मार्फत वस्तुको ढुवानी गर्दा सडक मार्गको भन्दा खर्च घट्ने र उद्योग व्यवसायमा सकारात्मक प्रभाव पर्ने भएकाले भारत सरकारसँग दूतावासले त्यसका लागि पहल गर्नुपर्ने धाराणा उद्योगी अशोक मुरारकाले व्यक्त गरे । त्यसैगरी उद्योगी व्यवसायीले राजदूत सिंहलाई जोगवनी–कटियार हुँदे बंगलादेशको रोहनपुर जोड्ने सडक प्रयोग गर्ने स्वीकृतिका लागि पनि पहल गरिदिन अनुरोध गरेका छन् । यो रेल्वे सेवाको उपयोग गर्न सकेमा पूर्वाञ्चलबाट पलायन भएका र रुग्ण हुन लागेका उद्योगलाई ठूलो सहयोग पुग्ने तथा वीरगन्जसँग प्रतिस्पर्धा गर्न सक्ने युवा व्यवसायी पवनकुमार शारडाले बताए । अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्