अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगायो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगायो

काठमाडौं, साउन ३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ ।

त्यहाँको क्रिकेट संघमा सरकारी हस्तक्षेप छैन भन्ने प्रमाण पेश गर्न नसकेपछि जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएको हो । क्रिकेट खेलमा सरकारी वा अन्य कुनै प्रकारको राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने आईसीसीको तर्क छ ।

आईसीसीका अध्यक्ष सशांक मनोहरले खेलमा बाह्य हस्तक्षेप नरहेको प्रमाण पु¥याउन नसकेपछि जिम्बाबेलाई आईसीसी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए । अब उसले आईसीसीका कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन भने आईसीसीबाट अन्तर्राष्ट्रिय सहायता समेत रोकिएको छ ।

प्रतिबन्धको पहिलो असर यही अक्टोबरमा हुने टि–ट्वेन्टी विश्वकप छनौटमा देखिनेछ । जिम्बाबेले अब उक्त प्रतियोगिता खेल्न पाउने छैन । जिम्बाबे सरकारले अघिल्लो महिना त्यहाँको क्रिकेट बोर्ड भंग गरी अन्तरिम कमिटी गठन गरेपछि आईसीसीले कारवाही गरेको हो ।

आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्ड पनि निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्