विराटनगर महानगरपालिकाको पोशाक भत्ता : वडा सदस्यले पनि त्याग्न थाले

विराटनगर महानगरपालिकाको पोशाक भत्ता : वडा सदस्यले पनि त्याग्न थाले

विराटनगर, ३ साउन ।
बिराटनगर महानगरपालिकाका केही वडा सदस्यले पनि पोशाक भत्ता फिर्ता गर्न थालेका छन् । वडा अध्यक्ष सहित उपमेयरले पोशाक भत्ताको रकम नलिने तथा बिभिन्न ठाउँमा दिने घोषणा गरेसँगै वडा नम्बर १२ का ३ जना वडा सदस्यले पोशाक सुबिधा नलिने बताएका हुन् ।
चौथो नगरसभाबाट जनप्रतिनिधिका लागि १० हजार पोशाक भत्ता विनियोजन गरिएको थियो । विनियोजित पोशाक भत्ता नलिने भन्दै वडा नम्बर १२ की वडा सदस्य झुमा पाठक, राजेश सरदार र सञ्जादेबी ऋषिदेवले सोही वडामा रहेको परसुराम जानकी मन्दिर मलन्वालाई सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । यो घोषणा वडा सदस्यबाट आएको पहिलो घोषणा र निर्णय हो । वडा सदस्य ३ जनाबाट जम्माहुन आउने ३० हजार सोही मन्दिरलाई सहयोग गर्ने विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्