कान्तिपुर कलेजले गर्यो अभिमुखिकरण गोष्ठी तथा स्वागत

<span class='c1'>कान्तिपुर कलेजले गर्यो अभिमुखिकरण</span> <span class='c2'>गोष्ठी तथा स्वागत</span>

विराटनगर, ३ साउन । नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी विराटनगरमा १० मा रहेको कान्तिपुर कलेजले एक दिने अभिमुखिकरण गोष्ठी तथा नयाँ बिद्यार्थीलाई स्वागत गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायमा पाँचौ औं ब्याचका ६ सय ९० जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको हो । विज्ञान संकायमा ३ सय, व्यवस्थापन संकायमा ३ सय ५० र होटेल मेजमेन्टमा ४० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

कलेज व्यवस्थान समितीका अध्यक्ष प्रा.डा. तेजनारायण मण्डलकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी ह्यापी लाईफ एजुकेशनका निर्देशक तथा उत्पे्ररक डा. तारा गिरी, कलेजका प्रिन्सिपल भूवन नेपाल, कलेजका सिइओ विष्णु दाहाल, कलेजका पूर्व अध्यक्ष जनक अधिकारी, कलेजका को–अर्डिनेटर कृष्ण भण्डारी र रोशन राजवंशीलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्