प्रदेश १ सरकारको ५८ दशमलव १५ प्रतिशत बजेट खर्च

<span class='c1'>प्रदेश १ सरकारको  ५८</span> <span class='c2'>दशमलव १५ प्रतिशत बजेट खर्च</span>

विराटनगर, ३ साउन । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५-०७६ मा ५८ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले चालुतर्फ ५७ दशमलव ७४ प्रतिशत र पूँजीगततर्फ ५८ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार चालुतर्फ नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार ६ सय १४ रुपैयाँ र पूँजीगततर्फ ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार ३ सय ९७ रुपैयाँ खर्च भएको हो । प्रदेश सरकारले पूर्ण बजेट ल्याएको पहिलो वर्षको सात महिनासम्म बजेट खर्च गर्न सकेको थिएन् तर त्यसयता भने खर्चको गति बढेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पनि प्रदेश सरकारले आर्थिक वर्षको अन्तिमसम्मा ६० प्रतिशत हाराहारीमा खर्च गर्ने बताएका थिए ।

कर्मचारी अभाव र खर्च गर्ने संरचना नभएका कारण कुल बजेटको ५८ प्रतिशत मात्र खर्च भएको बताइएको छ । मन्त्री आङ्बोले सदनमा सांसदले सरकारको खर्च गर्ने क्षमता कमजोर भएको विषयमा उठाएको जिज्ञासामा समेत अब आर्थिक वर्ष शतप्रतिशत बजेट खर्च गर्नेतर्फ सरकारको ध्यान हुने बताएका थिए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट पारित गरेको थियो । कुल विनियोजनमध्ये चालुतर्फ १४ अर्ब ९२ करोड १८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत विनियोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्