जोखिमपुर्ण यात्रा ः विराटनगर– रंगेली सडकमा अझै छतमा यात्रा गर्छन् यात्रु

जोखिमपुर्ण यात्रा ः विराटनगर– रंगेली सडकमा अझै छतमा यात्रा गर्छन् यात्रु

विराटनगर, ३ असार ।
विराटनगर प्रदेश १ को राजधानी हो । बिराटनगरबाट देशका धेरै ठाउँमा सार्बजनिक यातायातका साधनहरु छुट्छन् । सबै भन्दा छोटो दुरीको बसहरु बिराटनगर–रानीका लागि छुट्छन् भने त्यसपछिको दुरी भनेको रंगेली–विराटनगर हो । तर यही रंगेली–विराटनगर सडक खण्डमा चल्ने बसहरुले छतमा समेत यात्रा गराउने गरेको पाईएको छ । त्यति मात्र हैन शुक्रवार साँझ ५ बजेको समयमा रंगेलीबाट बिराटनगर तर्फ आउँदै गरेको एउटा बसको अगाडी नम्बर त थिएन नै त्यसको छतमा यात्रु भरिभराउ थिए । तर यसलाई नियमन गर्ने ट्राफिक प्रहरी कार्यालयले भने चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । यो सडक खण्डमा बेला बेला बस दुर्घटना समेत हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्