विराटनगरमा बिहानैदेखि बिद्युत अबरुद्ध, यी ठाउँमा लाईन छैन, कारण यस्तो छ

विराटनगरमा बिहानैदेखि बिद्युत अबरुद्ध, यी ठाउँमा लाईन छैन, कारण यस्तो छ

विराटनगर, ४ साउन । विराटनगरमा आज बिहानैदेखि बिद्युत अबरुद्ध भएको छ । बिद्युत प्राधिकरणले रानी, दुहबी र टंकीसिनवारीको क्षेत्रमा बिद्युत मर्मतको काम गरिरहेको हुँदा बिद्युत अबरुद्ध हुन गएको जनाएको हो । विहान करिब ९ बजे पछि थालिएको काम अहिले पनि जारी रहेको जनाएको छ।
दुहबीबाट आउने ३३ केभि बिराटनगरको फिडर १ अन्तरगत रानी सब स्टेशनमा नयाँ ३३ केभिएको सर्किट ब्रेकर जडानको काम भएको विद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिनुभयो । साथै सोही ठाउँमा नयाँ ३३ केभिको टिसी जडान तथा ३३ केभिको प्यानल जडानको काम समेत भईरहेको उहाँको भनाई छ ।
त्यस्तै टंकीसिनवारी सबस्टेशनमा दुहबीबाट आउने ३३ केभी बिराटनगरको फिडर ३ र औद्योगिक फिडरको जम्पर फेर्ने काम पनि भईरहेको कारण बिराटनगर लगायतका धेरै ठाउँमा बिद्युत अबरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ । अबरुद्ध बिद्युतको काम साँझ ५ बजे सकिने छ ।
यी क्षेत्रमा लाईन कटौती
बिद्युत प्राधिकरणले जारी गरेको सुचनामा ३३ केभिको बाबा जुट मिल, ११ केभिको बिजेएम फिडर, ३३ केभिको आरजेएम फिडर, ११ केभिको रानी फिडर पनि अबद्ध भएको जनाएको छ । त्यस्तै बिहान ८ बजेदेखि ५ बजेसम्म ११ केभिको टंकीसिनवारी औद्योगिक क्षेत्रको फिडर, ११ केभिको भृकुटी फिडर, ११ केभिको झोराहाट फिडर, ११ केभिको नहर फिडर, ११ केभिको एयरपोर्ट फिडर र ११ केभिको कन्चनवारी फिडर पनि अबरुद्ध छ । यी ठाउँहरुमा मर्मतको काम भईरहेको प्राधिकरण बिराटनगर वितरण केन्द्रका प्रमुख सिंहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्