विराटनगरमा अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा सुरु,३२ वटा विद्यालयको सहभागि

विराटनगरमा अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा सुरु,३२ वटा विद्यालयको सहभागि

विराटनगर, ४ साउन । सेन्ट जोसेफ इङलिस बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सप्तकोशी बोर्डिङ स्कुलले विराटनगरमा सुरु भएको अन्तरमाध्यामिक विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

विराटनगरस्थित शहिद मैदानमा शनिबारबाट सुरु भएको प्रतियोगितामा एभरेष्ट स्कुलले डनबस्को स्कुललाई ४–२ गोलले पराजित गरेको छ। जितसँगै प्रिक्वाटर फाइनलमा प्रवेश गरेको एभरेष्टका लागि रोमन गिरीले दुई, सलिम चौधरी र विवेक गौतमले समान एक गोल गरेका थिए।

त्यसैगरी डनबस्कोका लागि प्रवेश थापा र विराज रेग्मीले समान एक–एक गोल गरे। पराजित डनबस्को प्रतियोगिताबाट बाहिरिएको छ। त्यसैगरि, अर्को खेलमा सप्तकोशी बोर्डिङ स्कुल टाइब्रेकरमा विजयी भएको छ।

सप्तकोशीले अरनिको बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–१ गोलले पराजित गरेको थियो। सो खेलको निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो। त्यसैगरि, शनिबार बिहान भएको अर्को खेलमा सेन्टजोसेफ स्कुलले सिदार्थ बोर्डिङ स्कुललाई ४–० गाेलले पराजित गरेको थियो।

निर्धारित ६० मिनेटको खेलमा जित हात पारेको सेन्टजोसेफका लागि सिद्धान्त भट्टराईले दुई, मानव पोखरेल र ओम अधिकारीले समान एक गोल गरेका थिए। बिहान भएको खेलमा जित हातपार्दै सेन्ट जोसेफ पनि प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

अखिल नेपाल फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाको ३२ वटा विद्यालयको सहभागिता रहेको छ।

प्रतियोगिता संयोजक बिनेश बस्नेतका अनुसार कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहने प्रतियोगितको उपाधि भिडन्त साउन १५ गते हुनेछ।उनका अनुसार गतवर्ष एभरेष्ट स्कुललाई पराजित गर्दै अर्पण बोर्डिङ स्कुलले उपाधि चुमेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्