विराटनगरको अर्किड कलेजले गर्यो नयाँ बिद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण

<span class='c1'>विराटनगरको अर्किड कलेजले गर्यो </span> <span class='c2'>नयाँ बिद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण</span>

विराटनगर , ४ साउन । विराटनगरमा १० मा रहेको अर्किड कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण  तथा स्वागत गरेको छ ।

कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायको १२ औं ब्याचमा भर्ना भएका ६ सय ८० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । विज्ञान संकायमा २ सय ६०, व्यवस्थापन संकायमा ३ सय ८० र होटेल मेजमेन्टमा ४० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ ।

कलेज व्यवस्थान समितीका अध्यक्ष अमित ढकालकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्त, कलेजका प्रिन्सिपल दिपेश बास्तोला,स्कूलका प्रिन्सिपल सिएम श्रेष्ठ, कलेजका निर्देशक डा.राजन दत्त, सञ्चालक डा. सुजितकुमार साह र दपर्ण नेशनल स्कूलका प्रिन्सिपल गोपाल गेललाल लगायतले बोलेका थिए ।

कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक विद्यार्थीहरुलाई नृत्य तथा गित गाएर स्वागतसमेत गरेका थिए । सोही अवसरमा विराटनगरका लोगप्रिय हास्य कलाकार पारस थापाले विभिन्न नेतादेखि अभिनेतासम्मको क्यारीकेचरले  सुनाएर मनोरञ्जन दिलाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्