विराटनगरको नोबेलमा विरामीको मृत्युपछि तनाव, डाक्टरलाई कार्वाहीको माग

विराटनगरको नोबेलमा विरामीको मृत्युपछि तनाव, डाक्टरलाई कार्वाहीको माग

विराटनगर, ५ साउन ।
उपचारको क्रममा बिरामीको ज्यान गएपछि बिराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव भएको छ । गत बिहिवार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिल कुमार साहको ज्यान गएको थियो ।

सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साह कार्यालयमा पार्किङमा मोटरसाईल राख्ने क्रममा लडेका थिए । चिप्लीएर लडेका अनिलको खुट्टामा चोट लागेको थियो । उनी सामान्य चोट लागेपछि अघिल्लो बिहिवार नोबेल अस्पतालमा देखाउनको लागि आएको मृतकका आफन्त बताउँछन् ।

उनले अस्पतालमा आएर परिक्षण गराएपछि अस्पतालले सामान्य ब्याण्डेज गरेर औषधी दिएर अस्पतालले फिर्ता पठायो अनी एक हप्ता पछि आउन भन्यो । त्यो बेलासम्म ठिकै अबस्थामा रहेका अनिललाई ठिक नभएपछि उनी देखाउनको लागि बिहिवार फेरी अस्पतालमा आए । उनलाई अस्पतालका चिकित्सकले शुक्रवार अप्रेशनकोलागि तयारी गर्न परिवारलाई सुझाव दिए भने बिरामीलाई पनि त्यही अनुसारको तयार रहन भने । मृतकका अनिलका परिवारले खुट्टाको अप्रेसन सामान्य नै माने र शुक्रवार अप्रेसन गराए ।

अप्रेसन गर्नुभन्दा पहिलासम्म केही नभएका बिरामी अप्रेसन पछि बेहोस भएको भएको मृतकका भाई प्रदिप साहले बताए । अस्पतालको डाक्टरको चरमलापरवाहीका कारण आफ्नो दाईको ज्यान गएको बताउँदै उनले अप्रेसनको क्रममा नै कुनै नसा काटेपछि उनको अप्रेशन भएको दिन नै ज्यान गएको हुनसक्ने बताए । अप्रेशन गरेर ल्याएपछि अनिलको आँखामा बाँधिएको र हेर्न खोज्दा देखाउन समेत नमान्ने गरेको मृतकका परिवारको आरोप छ ।

शुक्रवार अप्रेशन गरिएका अनिललाई आज बिहान मृत घोषणा गरिएको थियो । डा. सन्दीप अधिकारीले हेरेका अनिलको बिहान ६ बजे नै मृत्यु भएको पुष्टी गरेको भएपनि आफन्तलाई ९ बजेपछि मात्र जानकारी दिएकोले चिकित्सकको लापरवाही भएको मृतकका भाई प्रदिपको आरोप छ ।

अहिले नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरेका छन् । डाक्टरलाई कार्वाहीको माग गर्दै उनीहरुले अस्पतालाई मान्छे मार्ने लाईसेन्स नभएको बताउँदै नारावाजी गरेका हुन् । नोबेल अस्पतालका ब्यापक प्रहरी परिचालन गरिएको छ।

अस्पताल प्रशासनले भने अनिलको ज्यान जानुको कारण हर्टअट्याक भएको बताएको छ । बिरामीको मृत्युको बारेमा अस्पताल प्रशासनले वार्ताको पहल गरिरहेको भएपनि मृतकका आफन्त भने कार्वाही नहुँदासम्म आन्दोलन नरोक्ने पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्