प्रदेशको लोकसेवा आयोग सम्बन्धि बिधेयक प्रदेश सभामा पेश, कर्मचारी भर्नामा आयोगको सिफारिस अनिवार्य

प्रदेशको लोकसेवा आयोग सम्बन्धि बिधेयक प्रदेश सभामा पेश, कर्मचारी भर्नामा आयोगको सिफारिस अनिवार्य

विराटनगर, ५ असार ।
प्रदेश सभामा प्रदेश लोकसेवा आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सदनमा प्रदेशको लोकसेवा आयोगको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गरेका हुन् ।

प्रदेशमा अहिलेपनि सक्षम जनशक्ति नहुँदा प्रदेशले बिभिन्न समस्याहरु झेल्दै आएको बताउँदै प्रदेश सरकारको कार्य सम्पादनमा पटक पटक प्रश्न उठ्दै आएको कार्कीले बताए । प्रदेश लोक सेवा आयोग सम्बन्धि कानुन निर्माणसँगै प्रदेशको निजामती प्रशासन, प्रदेश प्रहरी प्रशासनको स्वच्छता र निश्पक्षता तथा जनसेवामुखी बनाउनको लागि भुमिका निर्वाह गर्ने मन्त्री कार्कीले बताए ।
प्रदेशको लोकसेवा आयोग सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयकमा ६५ वटा दफा रहेका छन् । आयोग गठन भएको एकदेखि दुई बर्ष भित्रमा सबै संरचनाहरुमा कर्मचारीको ब्यवस्थापनको काम हुने प्रदेश सरकारको दाबी छ ।
अध्यक्ष सहित ३ जना सदस्य रहन पाउने ब्यवस्था सहितको १ जना महिला अनिवार्य हुने गरी प्रदेश लोकसेवा आयोग सम्बन्धि बिधेयकमा ब्यवस्था गरिएको छ । समानुपातिक प्रणालीबाट हुने लोकसेवा आयोग गठन प्रक्रियाको अध्यक्ष हुनका लागि स्नाताकोत्तर तह पास भएको हुनुपर्ने ब्यवस्था गरिएको छ । आयोगका पदाधिकारीको कार्यअबधि ६ बर्ष हुने ब्यवस्था गरिएको मन्त्री कार्कीले प्रदेश सभामा पेश गरेको बिधेयकमा उल्लेख गरिएको छ ।
प्रदेशमा गठन हुने प्रदेश लोकसेवा आयोगले सबै कर्मचारीको सिफारिस गर्ने छ । मन्त्री कार्कीका अनुसार अब सबै खालका कर्मचारी प्रदेश लोकसेवा आयोग मार्फत, आयोगको सिफारिसमा नियुक्त हुने ब्यवस्था मिलाईएको छ ।

स्वायत्त संस्था गठन सम्बन्धि बिधेयक सभामा
आईतवारको प्रदेश सभा बैठकमा प्रदेशको स्वायत संस्था गठन सम्बन्धि विधेयक माथि छलफल भएको छ । उद्योग, पर्यटन, कृषि, वन तथा वातावरण, संचार, उर्जा तथा प्रबिधि लगायत सामाजिक, आर्थिक क्षेत्रको विकास र प्रवद्र्धन गर्नको लागि प्रदेश सरकार अन्तरगत गठन हुने बिभिन्न समिति, बोर्ड, प्राधिकरण, प्रतिष्ठान लगायतका स्वायत्त एवं अविच्छिन्न उत्तराधिकारवाला स्वशाशित संस्था गठन गर्नेगरी यो बिधेयक ल्याईएको हो ।
छलफलमा रहेको बिधेयक पास भएपछि प्रदेशमा बिभिन्न समिति, बोर्ड, प्राधिकरण, प्रतिष्ठान गठन गर्न बाटो खोल्ने छ । बिधेयकको बारेमा बोल्दै प्रदेश सदस्यहरु मोहनकुमार खड्का, रामबहादुर मगर, साबित्रा रेग्मी र शान्ता पौडेलले शैद्धान्तिक छलफलमा भाग लिएका थिए ।
छलफलमा भाग लिँदै सांसदहरुले बिभिन्न स्वागत निकायमा राखिने पदाधिकारीको लागि १५ बर्ष बिभिन्न सरकारी क्षेत्रमा काम गरेको भन्दै नयाँ पुस्तालाई रोक्न नहुने बताए । अब पुरानो शैली र परम्परालाई नै निरन्तरता दिन नहुने भन्दै कतै ५ बर्ष काम गरेको ब्यक्तिलाई अनुभवका आधारमा पदाधिकारीमा ल्याउन बाटो खोल्नुपर्ने बताए । आफैले बनाएको कानुन आफैँले छ्या भन्ने खालको हुनु नहुने भन्दै अहिले नै सजग हुनु पर्नेमा सांसदहरुको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्