मोरङ कांग्रेसले बाढीपीडितलाई सहयोग गर्ने, नागेश कोइरालाको संयोजकत्वमा समिति गठन

<span class='c1'>मोरङ कांग्रेसले बाढीपीडितलाई सहयोग गर्ने, नागेश</span> <span class='c2'>कोइरालाको संयोजकत्वमा  समिति गठन</span>

विराटनगर,  ५ साउन । नेपाली कांग्रेस मोरङले बाढीबाट प्रभावित मोरङका पीडितलाई राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ । पार्टीको आइतबार विराटनगरमा बसेको कार्यसमिति बैठकले बाढीबाट प्रभावितको राहतका लागि जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा राहत तथा उद्धार समिति गठन गरेको छ । सात सदस्यीय समितिमा राजु मास्के, सीता कार्की, सञ्जय मण्डल, राजेश गुप्ता, कमला कँडेल र मित्रसेन योञ्जन सदस्य छन् ।

समितिले बाढी पीडित तथा प्रभावितबारे अध्ययन गर्ने बताइएको छ । अध्ययनपछि के कस्तो राहत वा सहयोग गर्ने भन्ने तय हुने पार्टीका सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । उनले भने,‘‘समितिले सबै अध्ययन गरेपछि आवश्यकताअनुसार राहत दिने कार्य हुनेछ ।’’

कांग्रेसले लोकसेवा आयोगले समावेशिताको आवश्यकतालाई कटौती गरेकोमा भर्त्सना गरेको छ । संविधानले नै गरेको व्यवस्था कटौती हुनु अनुचित भएकोले यसबारे पार्टी केन्द्रसँग लबिङ गरी दबाब सिर्जना गर्ने भएको छ । मोरङमा सोमबार वीपी स्मृति दिवस भव्यतासाथ मनाउन पार्टी जिल्ला कार्यालय, कर्सिया चौकमा वीपी शालिकमा माल्यापर्ण र सुनवर्षीमा वीपी सेवा केन्द्रमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको पार्टी सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेले भने,‘‘निर्वाचित जनप्रतिनिधिसँग आगामी भदौ महिनामा छलफल गर्नेसमेत तयारी गरिएको छ ।’’ प्रदेश तथा संघीय सांसद विकास क्षेत्र कार्यक्रम तथा सांसद विकास कोषअन्तर्गतका विकास कार्यक्रम छनोटदेखि सम्पन्न हुन्जेलसम्म स्थानीय तहको सहभागिता हुनुपर्ने भए पनि कांग्रेसले जितेका तहमा सत्तासीन दलका सांसदले आफूखुसी गर्ने गरेको विषयमा पनि ध्यानाकर्षण गरिएको सचिव घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्