प्रदेश १ का सचिव मनोज घिमिरेको आएको तीन महिनामै सरुवा, यस्तो छ कारण

प्रदेश १ का  सचिव मनोज घिमिरेको आएको तीन महिनामै सरुवा, यस्तो छ कारण

विराटनगर, ५ साउन।
प्रदेश १ सरकारको भौतिक पुर्बाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवा भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कार्वाहीको रुपमा तानेको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको हो । भौतिक पुर्बाधार मन्त्रालयका सचिव सागर राईको सरुवा भएपछि आएका घिमिरे कर्मचारीहरुलाई समेत दुख दिने तथा आर्थिक चलखेल फसेको गुनासो बढेपछि संघीय सरकारले कार्वाहीको रुपमा तानेको मन्त्रालय श्रोतले जनाएको छ ।

सचिव माथि लागेका आरोप
सचिव घिमिरे सरुवा भएर आएदेखि नै बिभिन्न आरोपहरु लाग्दै आएको छ छ । उनले योजना हाल्ने क्रममा रकम माग्ने तथा काम सकेर भुक्तानी लिन आएको बेला रकमको चलखेल गर्ने गरेको आरोप लाग्दै आएको थियो । त्यस्तै कर्मचारीहरुलाई बिभिन्न बहानामा दुःख दिने गरेको तथा कार्य सम्पादन मुल्याङ्कन बिगार्ने लगायतका आरोप कर्मचारीले लगाएका छन् । समायोजना भएर आएका कर्मचारीहरुबाट राम्रो ठाउँमा पार्नको लागि रकम माग्ने र पैसा बुझाउन दवाव दिने गरेको कर्मचारी श्रोत बताउँछ । घिमिरे चैत १८ गते प्रदेश १ मा सरुवा भएर आएका हुन् । उनको जागिर अबधि सकिन अब तीन महिना बाँकी छ ।

‘भ्रष्टाचार गर्न नपाएको समुहले बिष बमन गर्यो’
संघीय मन्त्रालयबाट सरुवामा परेको भनिएका सचिव घिमिरेले आफुमाथि अनर्गल आरोप लगाएको बताएका छन् । आफ्नो सरुवालाई सामान्य लिएका सचिव घिमिरेले भ्रष्टाचार गर्न नपाएको एउटा समुहले आफुमाथि बिभिन्न आरोप लगाएको बताएका हुन् ।
‘जुन समुहले भ्रष्टाचार गर्न पाएनन् त्यो समुहले बिष बमन गरेको हो, उनले भने, अर्को प्रदेशबाट सरुवा भएर आएका कर्मचारीलाई कार्य क्षमता छैन र बिज्ञता छैन भने हटाउनु पर्छ ।’
उनीमाथि लागेको आरोपको बिषयमा उनले ईन्ट्रेष्टेड कर्मचारी तथा आफ्नो ब्यक्तिगत स्वार्थ परिपुर्ण नभएको कर्मचारीले यस्तो कुरा गरेको हुनसक्ने उनको भनाई छ । कर्मचारीबाट धेरै अनियमिता, करप्सन, आर्थिक ऐन बिपरित कार्यहरु हुन खोजेको भने उनले स्वीकार गरेका छन् । उनले भने, ‘प्रदेश १ मा त्यस्ता खालका कर्मचारी धेरै रहेका छन् । ’
योजनामा निर्माण र भुक्तानीको बिषयमा लागेको आरोपमा उनले कुनै जवाफ दिएनन् । ‘कर्मचारीलाई पनि कुन फाईल कसरी पेश गर्ने भन्ने थाहा छैन, उनले भने, मैले सिकाउने प्रयास गरेको छु , केही कुरामा सफल भएको र केही कुरामा सफलता उन्मुख भएपनि असफल भने भएको छैन ।’
आफ्नो पदियदायित्व निर्वाह गरेकोले आफ्नो सरुवाको बारेमा कुनै कुरा नबोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्