पुर्बी क्षेत्रमा मौसम सक्रिय, विराटनगरमा बर्षा शुरु, छाता लिएर निस्कनुस्

पुर्बी क्षेत्रमा मौसम सक्रिय, विराटनगरमा बर्षा शुरु, छाता लिएर निस्कनुस्

विराटनगर, ६ साउन ।
विराटनगरमा बर्षा शुरु भएको छ । बालबालिका बिद्यालय जाने, कर्मचारी कार्यालय जाने तथा आम नागरिक आफ्नो काममा जाने बेलामा भएको बर्षाले सबैलाई समस्या पारेको छ । मौसम पुर्बानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानैदेखि सामान्य मौसममा बदली हुने जनाएको छ । बिहानै देखि बिराटनगरमा बर्षा शुरु भएकोले सबैको लागि छाता अनिवार्य भएको छ । मेघ गर्जन सहित शुरु भएको बर्षाको कारण फेरी झरी पर्ने हो की भन्ने डुवान क्षेत्र तथा खोला किनारका बस्तीका सर्बसाधारणलाई त्रास कायम छ ।
देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने र मध्यपूर्वमा भने आज राति ठूलो वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस अघिको पानीले जमिन भिजिसकेकाले अब फेरि पर्ने वर्षाले पहाडी क्षेत्रमा पहिरोको खतरा हुने महाशाखाको पूर्वानुमान छ । असार २६ गतेदेखि लगातार केही दिन परेको पानीले तराईका धेरैजसो क्षेत्र डुबानमा परेको थिए भने पहाडी क्षेत्रमा पहिरोको समस्या पनि देखिएका थिए । बाढी पहिरो र डुबानमा परी ९० जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घर परिवार विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्